धरान : साफ महिला च्याम्पियनसीपको उपाधिमा फेरी भारतले कब्जा जमाएको छ । नेपालले पहिलो उपाधी रक्षा गरी इतिहास रच्नबाट चुकेको छ । नेपालको इतिहास रच्ने सपनामा फेरि एक पटक भारत बाधक बनेको छ ।

विराटनगरको शहिद रंगशालामा भरिभराउ नेपाली दर्शकको साथ मैदानमा उत्रिएको नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । तर, २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गरिन् । त्यसको १० मिनेटपछि साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा फर्काइन् ।

तर, दोस्रो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन ।