धरान: नेपालको ग्रामिण पर्यटनमा लोकप्रिय हुदै गएको होम स्टे(घरबास कार्यक्रम) धरानमा पनि शुरु भएको छ ।

धरान २० कोकाहस्थित मानेडाँडामा शुक्रबारदेखि होम स्टे औपचारिकरुपमा शुरुवात गरिएको हो । स्थानीय महिलाहरुको अगुवाईमा कोकाह कृषि सामुदायिक हो स्टेको शुक्रबार एक कार्यक्रमबीच धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले उद्घाटन गरेकी थिइन् । स्थानीय ९ वटा घरमा होम स्टे शुरु भएको छ । यो गाउँ तामाङ बाहुल्य बसोबास भएकोले हो स्टेमा रहदा तामाङ सँस्कृति, रहनसहन एवं ग्रामिण जनजीवनलाई प्रत्यक्ष देख्न, महसुस गर्न सकिन्छ ।

IMG_2783

कोकाह होम स्टे धरान बजारबाट करिब १० किलोमिटर दुरीमा उत्तरपश्चिममा अवस्थित छ । विगतमा विष्णुपादुक गाविस अलग्गै भएपनि अहिले धरान उपमहानगरपालिका वडा नं २० भएको छ । त्यहाँसम्म पुग्न ग्राभेल बाटो छ । मोटरसाइकल, टेम्पो वा अन्य चार पांग्रे गाडीबाट सहजरुपमा पुग्न सकिन्छ । नजिकै पौराणिक महत्वको विष्णुपादुका मन्दिर पनि छ । यो होम स्टेसम्म पुग्न विष्णुपादुकाको भञ्ज्याङ हुदै वा अर्को चिण्डे डाँडा हुदैको रुटबाट पनि पुग्न सकिन्छ । कोकाह होम स्टेबाट धरानको मनोरम दृष्य पनि नियाल्न सकिन्छ ।

IMG_20190322_172150

होम स्टेको उद्घाटन गर्दै कार्यवाहक प्रमुख भण्डारीले विष्णपादुका प्राकृतिकरुपमा मनोरम ठाउँ भएको र यहाँको सँस्कृति, ग्रामिण जनजीवन पर्यटकहरुको लागि आकर्षण हुने बताइन् । उनले बाटोको थप स्तरोन्नति गर्ने बताउदै जथाभावी डाँडा, जमिन बिक्री नगर्न पनि अग्राह गर्दै प्राकृतिकरुपमा आफ्नो ठाउँ जोगाउन आग्रह पनि गरिन् । ‘विष्णुपादुकामा पर्यटनको प्रचुर सम्भावना छ, यो क्षेत्रको विकासमा बिशेष ध्यान दिएका छौ,’उनले भनिन् । वडा नं २० का अध्यक्ष एवं धरान

नगरकार्यपालिकाका प्रवक्ता मणिराम राईले वडा २० भुगोल र भाषा, सँस्कृति, प्राकृति स्रोतले धनी भएपनि यथोचित विकास हुन नसकिरहेको बताए । ‘आगामी दिनमा कार्ययोजना बनाएर पर्यटनको विकासमा अघि बढ्नुपर्नेछ । यहाँको कृषि उत्पादनको बजारीकरणमा पनि होम स्टेले मद्दत पुग्नेछ,’उनले भने ।

IMG_20190322_173648

धरान पर्यटन विकास समितिका सहसंयोजक किसोर थुलुङले घरमा बसेर पाहुनालाई स्वागत गर्ने र आर्थिक आम्दानी पनि हुने भएकोले होम स्टेले ग्रामिण क्षेत्रका समुदायलाई लाभदायी हुने बताए । उनले होम स्टेलाई पर्यटन समितिले प्रोत्साहन गर्ने र धरानको पर्यटन प्रोडक्टकोरुपमा होम स्टे पनि भएको भन्दै खुशी व्यक्त गरे ।

एक रातमा ३५ जनाको क्षमता

IMG_20190323_082817

कोकाह कृर्षि सामुदायिक होम स्टेकी अध्यक्ष जुनुमति तामाङका अनुसार ९ घरमा हाल ३५ जनासम्म पाहुना राख्न सक्ने क्षमता छ । विस्तारै अन्य घरमा पनि हो स्टे विस्तार गरेर एक रातमा सय जनासम्म राख्नसक्ने क्षमता पुर्याउने उनले बताइन् ।
महिलाहरु घरमा त्यसै समय बिताइरहेकाले सक्रिय बनाउन पनि होम स्टे शुरु गरिएको अध्यक्ष तामाङको भनाई छ । ‘गाउँको पनि विकास हुन्छ कि भन्ने आशा छ । हाम्रो केटाकेटीले सभ्य, राम्रो सँस्कार सिक्छन्, हामीले हाम्रो मौलिक सँस्कार पनि जोगाउन मद्दत मिल्छ,’उनले भनिन् । पाहुनाहरुलाई गाउँमा नै उत्पादन भएको अग्र्यानिक खाना, तरकारी तथा खाजा खुवाइने पनि उनले बताइन् ।

home-stay-kokah6 home-stay3 kokah-home-stay6 home-stay home-sraty-kokaha3