धरान: चौथो पुरुष तथा प्रथम महिला हराइजन खुला आमन्त्रण बास्केटवल रनिङ प्रतियोगितामा पुरुषतर्फ धरान १५ को इर्मोटल क्लब च्याम्पियन बनेको छ भने महिलातर्फ एनसिसिएस काठमाण्डौ च्याम्पियन भएको छ ।

शनिबार धरान १७ स्थित बास्केटवल कोर्टमा सम्पन्न फाइनलमा इर्मोटल क्लबले आयोजक हराइजन एलाई पराजित गर्दै उपाधि जोगायो । गत बर्ष पनि च्याम्पियन बनेको इर्मोटलले शनिबार फाइनलमा आयोजकको चुनौती ६३–५१ स्कोरले पन्छाउदै लगातार दोस्रो पटक च्याम्पियन बन्यो । इर्मोटलले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमशः १७, १९, १८ र ९ स्कोर गरेको बटुलेको थियो । हराइजनले भने क्रमशः १७, ९, १८ र १७ स्कोर गर्यो ।

IMG_3035

यस्तै, पहिलो पटक आयोजित महिला स्पर्धाको फाइनलमा एनसिसिएस काठमाण्डौंले आयोजक हराइजन बि टिमलाई ३९–१९ को फराकिलो अन्तरले हराउदै उपाधि जित्यो । खेलमा एनसिसिएसले प्रत्येक क्वार्टरमा क्रमशः११, ६, ११ र २२ स्कोर गरेको थियो भने हराइजनले क्रमशः ७, २, २ र ८ स्कोर मात्र गरेको थियो । पुरुषतर्फको च्याम्पियनले नगद ३५ हजार र उपविजेताले नगद २० हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो भने महिलातर्फको विजताले नगद २० हजार र उपविजेताले १० हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।

फाइनल खेलमा पुरुषतर्फको म्यान अफ दि म्याच हराइजनका वैभव योगी र महिलातर्फ वुमन अफ दि म्याच हराइजनकै सृर्जना गिरी घोषित भए । उनीहरुले जनही नगद एक हजार र ट्रफी हात पारे । यस्तै, प्रतियोगिताकै मोष्ट भ्यालुएवल प्लेयर पुरुषतर्फ इर्मोटलका मविन्द्र क्षेत्री घोषित हुदै नगद १० हजार र ट्रफी हात पारे । महिलातर्फ भने एनसिसिएसकी आकृति श्रेष्ठ मोस्ट भ्यालुएवल प्लेयर घोषित भइन् । उनले नगद ५ हजार र ट्रफी हात पारिन् ।

IMG_3029

यसैगरि, प्रतियोगिताको राइजिङ प्लेयर पुरुषतर्फ सेन्ट जोसेफ स्कुलका निसान तामाङ घोषित हुदै नगद ५ हजार र ट्रफी हात पारे भने महिलातर्फ हराइजन ए की खुशी लिम्बु घोषित हुदै नगद ३ हजार र ट्रफी हात पारिन् । विजेता खेलाडीहरुलाई आयोजक संस्थाका अध्यक्ष वसन्त राई, प्रमुख अतिथि एवं वडा नं १७ का अध्यक्ष सुर्यप्रसाद भटराई(मनोज), नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, समाजसेवी पदम राई, निलु गिरी,पत्रकार जनकऋषि राईलगायतले पुरस्कार विरतण गरेका थिए ।
.......................
सगरमाथा आरोही,समाजसेवी, सहयोगीलाई सम्मान

IMG_3010

आयोजक हराइजन क्लबले सहयोगी एवं समाजसेवी र पत्रकारहरुलाई पनि सम्मान गरेको छ । प्रतियोगिताको समापन समारोहमा क्लबको स्थापना एवं बास्केटवल कोर्ट निर्माण, संरक्षणमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै स्थानीयबासी तथा समाजसेवी नरबहादुर दर्लामी मगरलाई सम्मान गरेको हो ।

यसैगरि, सगरमाथा आरोही पत्रकार देउराली चाम्लिङलाई पनि क्लबले सम्मान गरेको थियो । उनलाई नगद १० हजार र सम्मान पत्र प्रदान गरिएको थियो । यस्तै, पत्रकार रोहित राईलाई पनि नगद ५ हजारसहित सम्मान गरिएको थियो भने प्रतियोगिताको लागि ठुलो आर्थिक सहयोग गर्ने धरान १७ समाज हङकङलाई पनि सम्मान गरिएको थियो । समाजले प्रतियोगिता आयोजकलाई १ लाख ११ हजार ७ सय रुपैया सहयोग गरेको थियो ।

IMG_3002

IMG_3022 IMG_2980 IMG_3013 IMG_3000