धरान: धरान–२ रत्नरोडमा आज शनिबारदेखि ‘नेपाल यूनिफर्म हाउस’ सञ्चालनमा आएको छ । करिब ७५ लाखको लगानीमा खुलेको यूनिफर्म हाउसको शनिबार नेपाल कपडा तथा सिलाई व्यावसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले उद्घाटन गरे ।

यूनिफर्म हाउसमा धरानका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुले लगाउने कपडा, जुत्ता, झोला, मोजा, टाईलगायत सम्पूर्ण पोशाक उपलब्ध हुनेछ । यस्तै, सरकारी कर्मचारी, सेक्युरिटी गार्ड, विभिन्न संघसंस्थाका पोशाक पनि उपलब्ध हुने सञ्चालकहरुले बताएका छन् । उद्घाटनको क्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अभिभावकहरुले आफ्ना बालबच्चाको लागि विद्यालय पोशाक खरीद गर्दा हुने झञ्झटबाट मुक्ति मिल्ने बताए । ‘विद्यार्थीको लागि कपडा, झोला, जुत्ता छुट्टाछुट्ै ठाउँमा खरीद गर्नुपर्ने बाध्यता हुन्छ,’ उनले भने,‘युनिफम हाउसले अब एकै थलोमा विद्यार्थीलाई पाउने सबै सामाग्री उपलब्ध छ, यसले अभिभावहरुलाई राहत मिल्छ ।’ उनले युवाहरु केही गर्छु भनेर व्यवसायमा आकर्षित हुनु राम्रो भएको भन्दै हौसला प्रदान गर्नुपर्ने बताए ।

unifom4

विद्यार्थी, कर्मचारी, बैक वित्तिय संस्थालगायतका कर्मचारीहरुको सहजताको लागि यूनिफर्म हाउस सञ्चालनमा ल्याइएको सञ्चालक मध्येका फिरोज अलीले बताए । विद्यार्थी पोशाक खरीद गर्नको सास्ती भोगिरहेका अभिभावकहरुलाई अब राहत मिल्ने अलीले बताए । उनले भने,‘अब आफ्ना बालबच्चाको ड्रेस खरीदको लागि भौतारिने दिन गयो, सस्तो, गुणस्तरीय सामान उपलब्ध गराउँछौं ।’ विद्यार्थीहरुको मात्र नभएर जुनसुकै पेशामा आवद्ध व्यक्तिले लगाउने पोशाक सुपथ मुल्यमा तयार पारिने बताए । ‘हामीले विशेष गरेर मुल्या, गुणस्तर र सेवालाई ध्यान दिएका छौ,’ उनले भने ।

युनिफम हाउस रत्न रोडस्थित गणपति मिनि मार्केट भित्र ९ वटा कोठामा भाडामा लिएर सञ्चालन गरिएको छ । त्यहाँ सिलाई कारखाना समेत तयार गरिएको छ । गालिगढसहित करिब २५ जनाको लागि रोजगार सिर्जना गरिएको अलीले बताए । फिरोज र मोहमद साफिर मिलेर यूनिफर्म हाउस सञ्चालनमा ल्याएका हुन् । बाहिरको भन्दा ३० देखि ३५ प्रतिशतसम्म छुटको व्यावस्था रहेको पनि सञ्चालकहरुले बताएका छन् । कपडा वीरगञ्जमा उत्पादित नोबेल ब्राण्डको छ । दैनिक ६ सय थान सर्ट र पाइन्ट तयार हुने अलिले बताए ।

shoes4

यूनिफर्म हाउसको उद्घाटनकै कपडा किन्न र बुझ्न आउनेकोे भिड लागेको थियो । एकै थलोमा सम्पूर्ण पोशाक खरिद गर्न पाउदा उपभोक्ताहरु दंग थिए । धरान–१५ की हिन्दु सम्बाम्फेले विद्यार्थीलाई चाहिने पोशाक फरक–एक ठाउँमा खरीद गर्न पाउदा खुशि व्याक्त गरिन् । ‘एकै ठाउँमा किन्न पाइयो खुशी छु जे होस् झन्झट भएन’ उनले भनिन् । धरान–११ का अम्बर राईले आम उपभोक्तालाई सहुलियत मुल्यमा दिनुपर्ने र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । ‘सामान गुणस्तरी र छुटको व्यावस्था गर्नुपर्यो’ उनले भने ‘अब भर्खर शुरु भएको छ, जे होस् निरन्तरता चै दिनुपर्यो ।’