मोरङ : मोरङ्गको ग्रामथान गाउँपालिकामा वडा ७ स्थित लडिया डाङ्गि टोलमा साढे तिन बिघामा सुकुम्बासी बस्तीको शिलान्यास गरीएको छ । शनिबार एक कार्यक्रम बिच सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितद्वारा सिल्यानास कार्यक्रम सम्पन्न भएको छ ।

उक्त्त कार्यक्रममा सुकुम्बासी बस्ती निर्माणका लागी दुई करोड सत्तरी लाख रुपैयाँ बिनीयोजन गरीएको छ । जस्मा ग्रामथान गाउँपालिकाबाट १ करोड रुपेयाँ, तराई मधेश समृद्धीबाट १ करोड र अमनलाल मोदीको सांसद कोषबाट ७० लाख विनीयोजन भएको छ । सुकुम्बासी बस्तीमा तत्काल ३५ घरको स्टिीमेट रहेको छ । जस्मा प्रति घर परीवारलाई ३ धुर जग्गा उपलब्ध गराउन,े २ बेड रुम, १ भान्सा घर र १ ट्वाइलेट बाथरुम हुने गरी योजना तयार पारीएको घरहरुको निर्माण असार २५ गते सम्म निर्माण पुरा हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत होम प्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथी सामन्य प्रशासन मन्त्रि लालबाबु पण्डित विशिष्ट अतिथी, मोरङ्ग श्रेत्र नं ४ का प्रतिनिधीसभाका सांसद अमन लाल मोदी त्यसैगरी मोरङ्ग श्रेत्र नं.४ “क” का प्रदेश नं.१ का सांसद बिजय बिश्वास लगायत नेकपाका केन्द्रिय नेताहरुको उपस्थिती रहेका थिए । कार्यक्रममा सुभकामना मन्तव्य उपप्रमुख फुलकुमारी चौधरी र प्रदेश सांसद बिजय विशवासले दिएका थिए ।

कार्यक्रमको अध्यक्षता ग्रामथान गाउँपालिकाका अध्यक्ष शिवनरायण माझिले गरेको थियो । अतिथीमा ग्रामथान गाउँपालिकाका उपप्रमुख फुल कुमारी चौधरी, नेकपाका जिल्ला स्तरीय नेता बलभद्र सरदार थारु, सत्यनरायण चौधरी, ग्रामथान गाउँपाकिाका वडा अध्यक्ष तथा सदस्यहरुको उपस्थिती रहेका थिए ।