काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्कालाई अचेल रेडियो, टेलिभिजनभन्दा सामाजिक संजालबाट विज्ञापन गरिदिन बढी आग्रह आउँछन् ।

उनले केही अघि आफ्नो इस्ट्राग्राम र फेसबुक एकाउन्टबाट विभिन्न मोबाइल फोन र सौन्दर्य प्रशाधनको प्रचार गरिदिइन । पछिल्लो पटक ‘माई लभ, माई च्यालेन्ज’ का लागि उनले पोष्ट गरेकी थिइन । विश्वमै लोकप्रिय बन्दै गएको ब्यक्तिमार्फत सामाजिसक संजालमा गरिने मार्केटिङ नेपालमा पनि सुरु भएको छ ।

यसमा स्वस्तिमाजस्ता सेलिब्रेटीदेखि सामाजिक संजालका जोकोही आमप्रयोगकर्तामार्फत बस्तु तथा सेवाको प्रचार गरिन्छ । यसवापत विज्ञापनदाताले इन्फ्लुएन्सर (जसले ब्रान्डको विज्ञापन गरिदिन्छ) लाई पारिश्रमिक दिइन्छ । हाल ब्रान्डहरुले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक आएमा सेलिब्रेटी इन्फ्लुएन्सलाई ६० हजार रुपैंयाँसम्म दिनेको गरेको छ ।

-कान्तिपुर दैनिकबाट