युरोपियन युनियनबाट बाहिरिने विषयमा पुनः जनमत संग्रहको माग गर्दै बेलायतको लन्डनमा विशाल प्रदर्शन भएको छ ।

युरोपियन युनियनबाट बाहिरिनु हुन्ने भन्ने समूहले बेलायती संसद् भवन अगाडि गरेको प्रदर्शनमा हजारौं सहभागी थिए । प्रदर्शनमा सहभागी भएकाहरुले अर्को जनमत संग्रहको माग गरेका छन् ।

ईयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लण्डनको हाइड पार्कमा जम्मा भै मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए ।
उनीहरूले ब्रेक्जिटको बिषयले राजनीतिक अन्योलता हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दाबीसहित यस विषयमा पुनः जनमत संग्रहको माग माग गरेका छन् ।
प्रदर्शनपछि बेलायती संसद्को बाहिरी क्षेत्रमा भेला भएकाहरुलाई स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जियन, लण्डनका नगर प्रमुख सादिक खान, प्रतिपक्षी लेबर पार्टीका उपनेता टम वाटसनलगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेताहरुले ब्रेक्जिटको विपक्षमा भएको बृहद् जनप्रदर्शन ऐतिहासिक भएको र यसले उठाएको माग सम्बोधन गर्नुपर्ने बताए । उनीहरुले ब्रेक्जिटको विषय अन्योलपूर्ण भएकाले यसबारे नयाँ निर्णय लिन जनदबाब सिर्जना गर्ने बताए ।