धरान:पहिला एसएलसी परीक्षालाई फालामे गेट भनिन्थ्यो । दश बर्ष स्कुलमा मेहनत गरेर पढेको मुल्यांकन, परिणाम वा प्रतिफल जे भनेपनि अन्त्यमा एसएलसीमा फेल वा पाससँग जोडिन्थ्यो । एसएलसी फेल भए भविष्य नै अन्धकार भएजस्तो, जीवनको गति नै रोकिएजस्तो लाग्थ्यो । सकेसम्म डिभिजन ल्याउने नत्र पास मात्र भएपनि हुन्थ्यो ।

अहिले एसएलसीको नाम र प्रणाली फेरिएर एसइई परीक्षा भइसकेको छ । अहिले कोही फेल हुदैनन् । डिभिजन ल्याउने सिस्टम पनि छैन । ग्रेड प्रणालीमा रिजल्ट आउछ । त्यसैले एसइई परीक्षा एसएलसी जस्तो रौनक छैन । यद्यपी, राम्रो ग्रेड ल्याउन मेहनत भने गर्नैपर्छ । यस बर्षको एसइई आजदेखि शुरु भएको छ । पहिलो दिन अंग्रेजी बिषयको परीक्षा भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुदैछन् । चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी पनि सहभागी छन् ।

प्रदेश १ बाट ८३ हजार बढी परीक्षार्थी

see9

परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । ती मध्ये एसइई परीक्षामा प्रदेश नं १ बाट ८३ हजार ८ सय १८ जना परीक्षार्थीहरुले परीक्षा दिदैछन् । सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी छन् । देशभर एक हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

सुनसरीमा करिब १३ हजार परीक्षार्थी

सुनसरी जिल्लामा मात्र करिब १३ हजार विद्यार्थीहरुले एसइई परीक्षा दिइरहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका अनुसार कुल १२ हजार ९ सय ३ जना परीक्षा दिदैछन् । जिल्लामा ४८ वटा परीक्षा केन्द्र छन् । ती मध्ये ४६ वटा नियमितको हो भने एउटा प्राविधिक धार र एउटा ग्रेड बृद्धिको केन्द्र भएको शाखा अधिकृत शम्भु पाण्डेले जानकारी दिए ।

see25

यस्तै, प्राविधिक धारतर्फ वाल मन्दिर इनरुवामा २ सय ९३ जना परीक्षार्थी छन् भने ग्रेडवृद्धितर्फ इनरुवा बोडिंग स्कुलमा ४ सय ४ परीक्षार्थी छन् । बाँकी नियमिततर्फका परीक्षार्थी छन् । एसइईमा प्राविधिक धारतर्फ ८ स्कुल, सामुदायिक विद्यालयतर्फ सय र संस्थागत(निजी) तर्फ १ सय ६९ गरी कुल २ सय ७७ विद्यालय सहभागी भएको शाखा अधिकृत पाण्डेले जानकारी दिए ।

धरानमा ४ जना दृष्टिविहिनले परीक्षा दिदै

see 1

आजदेखि शुरु भएको एसइई परीक्षामा धरानमा ४ जना दृष्टिविहिन विद्यार्थीहरु पनि परीक्षामा सामेल छन् । धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयका ४ विद्यार्थीहरु परीक्षा दिइरहेका हुन् ।

उनीहरुको परीक्षा केन्द्र धरान ८ स्थित शहीद स्मृति माविमा रहेको छ । परीक्षार्थीहरुमा हीनाकुमारी चौधरी, मनिकुमार तामांग, दिलकुमारी विश्वकर्मा र समिर लिम्बू छन् । उनीहरुलाई उत्तर लेख्न एक एक जना सहयोगीको पनि व्यवस्था गरिएको छ ।

IMG_20190324_073852 see8