झापा: झापाको भद्रपुर नगरपालिका ४ ठण्डा बस्तीबाट प्रहरीले अन्दाजी २ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

शनिवार राती ११ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको अवैध ५ पोका लत्ता कपडा बरामद गरेको हो । बरामद भएको उक्त समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाईने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।