झापा: आजदेखि सुरु माध्यमिक शिक्षा परीक्षा(एसइई) मा कति विद्यार्थी सहभागी छन् भनेर फरक फरक तथ्य आएको छ ।

देशभरबाट परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका गरि कूल चार लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुने भनेर परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीको भनाई उदृृत गर्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रशारण भईरहेको छ । जहाँ परिक्षा दिने छात्रा दुई लाख ३६ हजार ४ सय ४५ जना छन् भने छात्रा २ लाख ३८ हजार ५ सय ५८ रहेका छन् भनिएको छ । तर कुन प्रदेशमा कति परिक्षार्थी हुन् भन्ने बिषयले अन्यौलता थपिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डलाई उदृत गर्दै प्रकाशित समाचारमा उल्लेख गरिएको सबै तथ्याङ्क हिसाब गर्दा कसै गरेपनि कुल संख्या पुग्दैन । एक पटक यी सबै तथ्याङ्क हेरौं र हिसाब गरौं । यसले नेपालका सरकारी कार्यालयहरुको तथ्याङ्क राख्ने अवस्थाको लथालिङ्गे पारा प्रष्ट पारिदिएको छ ।

see-data, 1