इटहरी : इटहरीमा आइतबारदेखि सुरु भएको मेयरकप खेलकुद प्रतियोगिता फूटबलमा रामधुनी नगरपालिकाले बिजयी सुरुवात गरेको छ ।

इटहरी रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा रामधुनी नगरपालिकाले इटहरी उपमहानगरपालिका रातोलाइ १-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै रामुधनी नगरपालिका सेमिफाइनल प्रवेश गरेको छ । पहिलो हाफको २७ औ मिनेटमा सन्दीप लिम्वूले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।

उद्घाटन खेलको म्यान अफ दि म्याच रामधुनीका आविष्कार खड्का घोषित भए । उनले नगद २ हजार पाए । सोमबार दुइ वटा खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा धरान उपमहानगर र गढी गाँउपालिकाबीच प्रतिस्पर्धा हुनेछ भने दोश्रो खेल इनरुवा र दुहवी नगरपालिका बीच हुनेछ । प्रतियोगिताको बिजेताले नगद १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ । सुनसरी जिल्लाका पालिकास्तरीय फुटवल प्रतियोगितामा ८ टिमको सहभागिता छ ।

IMG_9934

प्रतियोगिता अन्र्तगत प्रदेश नम्वर १ का पालिका स्तरीय क्रिकेट, भलिवल र तेक्वान्दो प्रतियोगिता हुने छन । क्रिकेट वाहेकका सवै प्रतियोगिता इटहरी रंगशालामा हुने छन । क्रिकेट प्रतियोगिता इटहरी ९ स्थित क्रिकेट मैदानमा हुने छ । चैत १४ गते देखि १६ सम्म भलिवल प्रतियोगिता चैत २८ गते देखि वैशाख ३ गते सम्म क्रिकेट प्रतियोगिता र वैशाख ३ गते देखि ६ गते सम्म तेक्वान्दो प्रतियोगिता हुने छ ।