मोरङ: मोरङको धनपालथान गाउँपालिका ६ मा रहेको श्रीसरस्वती माध्यामिक विद्यालय दादरबेरिया एसईई परीक्षा केन्द्रले २ जना परीक्षा निरीक्षकलाई निष्काशित गरेको छ भने १ परीक्षार्थीको परीक्षा रद्द गरेको छ ।

आज बिहान १० बजेर १० बजेको समयमा उक्त परिक्षा केन्द्रमा शिवशक्ति माध्यामिक विद्यालय सोराभागकी परीक्षार्थी ऐश्वरी राईलाई मोवायलबाट चिट चोरिरहेको अवस्थामा केन्द्रका केन्द्राध्यक्ष भागवत यादवले फेला पारे पछि उनको आजको परीक्षा रद्द गरिएको थियो । साथै सोही परिक्षा केन्द्रमा खटिएका शिक्षक संजय चौधरी र शिक्षिका शीलाकुमारी राजवंशीलाई अमर्यादीत तरिकाले परीक्षा गराएको भनि दुवै जनालाई एसइई परीक्षा अवधीभर परीक्षा निरीक्षकबाट हटाइएको छ । आज एसइई परीक्षाको पहिलो दिन अंग्रेजी बिषयको परीक्षा थियो ।