झापा: झापाको मेचीनगर नगरपालिका ७ बाट प्रहरीले आइतवार दिउँसो करिब १ लाख ६० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

दिउँसो सवा १२ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको गाडीको विभिन्न पार्टपुर्जा बरामद गरेको हो । बरामद भएको उक्त समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाईएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।