धरान: मुख्य कार्यालय धरानमा भएको मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा किसन मास्के चयन भएका छन् ।

बैंकको शनिबार सम्पन्न १३ औं साधारणसभाले संस्थापकतर्फबाट मास्केलाई अध्यक्षमा चयन गरेको हो । यसैगरि, सुनिल श्रेष्ठ र गम्भीरमान ताण्डुकार पनि सञ्चालक समिति सदस्य पदमा चयन भएका छन् । साधारण सभाअघि शुक्रबार बसेको सञ्चालक समिमति बैठकले स्वतन्त्र सञ्चालक समिति पदमा जानुका भटराई थापालाई नियुक्त गरेको बैंकले जनाएको छ ।

सोही साधारणसभाले संचित मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशतका दरले हुने बोनश शेयर रकम ८ करोड ५० लाख रुपैया बाँड्ने प्रस्तावलाई स्वीकृति दिएको अध्यक्ष मास्केले जानकारी दिए । योसँगै बैंकको पुँजी कुल ५८ करोड ५० लाख पुगेको पनि उनले बताए । यसैबीच, नवनिवार्चित सञ्चालक समिति अध्यक्ष र सदस्यहरुको आइतबार विराटनगरमा सपथ ग्रहण गराइएको थियो । बैंक बित्तिय संस्था ऐन २०७३ ले व्यवस्था गरेवमोजिम नेपाल राष्ट्र बैंकको क्षेत्रीय प्रमुखबाट अध्यक्ष मास्केसहित सदस्यहरुको सपथ ग्रहण गराइएको हो ।

miteri 1

ऐनले कमर्सियल बैंकलाई राष्ट्र बैंकको गर्भनरले, राष्ट्रियस्तरको विकास बैंकलाई डेपुटी गर्भनरले र क्षेत्रीयस्तरको बैंकलाई राष्ट्र बैंकको क्षेत्रीय प्रमुखले सपथ ग्रहण गराउने व्यवस्था गरेको छ । यो ऐन आउनु अघि बैंक तथा वित्तिय क्षेत्रमा यस्तो चलन थिएन ।आइतबार राष्ट्र बैंकको विराटनगरस्थित क्षेत्रीय(प्रदेश) प्रमुख विनोदराज आचार्यले मितेरीका अध्यक्ष मास्केलाई सपथ ग्रहण गराएका थिए । त्यसपछि, अध्यक्ष मास्केले अन्य सञ्चालक समिति सदस्यलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा उपनिर्देशक सृर्जना बस्नेत, मितेरीका सिइओ तुलसी प्रसाद वस्तीको पनि उपस्थिति रहेको थियो । धरानमा मुख्य कार्यालय भएको मितेरी डेभलपमेन्ट बैंकको हालसम्म १८ वटा शाखा विस्तार भइसकेको छ ।

miteri-bank 1 miteri-bankx