धरान: धरान उपमहानगरपालिकाअन्तर्गतको खेलकुद विकास समितिले धरान नगर फुटवल टिमलाई सोमवार जर्सी र ट्रयाक प्रदान गरेको छ ।

इटहरी उपमहानगरपालिकाको आयोजनामा हुदै गरेको जिल्ला स्तरिय अन्तर मेयर कप फुटवल प्रतियोगितकामा धरानबाट प्रतिनिधित्व गर्ने खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई जर्सी र ट्रयाक प्रदान गरिएको हो । धरान टिमबाट प्रविण लिम्बू र आशिष कार्की गोलकिपर, विष्णु सुनार टिम क्याप्टेन, योगेस राई, आमोष लिम्वु, सुजन शर्मा, भोटे तामाङ्ग, विकु तामाङ्ग, मिलन राई, दोर्जे तामाङ्ग, मदन लावुङ्ग, वर्तमान राई, मनोज राई, सुशिल यादव, दिवस सुनुवार, तपन कार्की, प्रबास वुढाथोकि, सेन्सन राई, प्रशिक्षक सागर घिमिरे र टिम व्यवस्थापकमा सतिश केसी रहेको छ ।

उनीहरुलाई धरान उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले खेलकुद सामग्री वितरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा नगर खेलकुद विकास समिति सदस्य तथा पुर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, भलिवल प्रशिक्षक उमेस ताम्रकार लगायतको उपस्थिति रहेको थियो ।

dharan-football-team