धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियारको रिट निवेदनमा यसअघि जारी भएको अल्पकालिन अन्तरिम आदेशबारे अहिले सर्वोच्च अदालतमो सुनवाई भइरहेको छ ।

सर्वोच्चका अनुसार यो मुद्दा सर्वोच्चका प्रधानन्याधिश चोलेन्द्र शम्शेर जबरा र न्यायाधिश मीरा खड्काको संयुक्त इजलाशमा बहस भइरहेको हो । रौनियारको रिट निवेदनमाथि चैत ४ गते सुनुवाई गर्दे न्यायाधिश प्रकाशमानसिंह राउतले अल्पकालिन अन्तरिम आदेशसमेत जारी गर्दै अन्तरिम आदेश जारी गर्ने कि नगर्ने बिषयमा दुवै पक्षलाई छलफलमा बोलाउने गरी आजको लागि पेशी तोकेका थिए । आजको पेशी र बहसपछि डा.रौनियार उपकुलपति पदमा निरन्तरता रहने कि नरहने भन्ने छिनोफानो गर्नेछ । त्यसैले आजको पेशीलाई वीपी प्रतिष्ठानले मात्र होइन, स्वास्थ्य मन्त्रालयसँगै कुलपति तथा प्रधानमन्त्री कार्यालयले पनि अत्यधिक चासोका साथ हरेको छ ।

यसअघि, सर्वोच्चका न्यायाधिश प्रकाशमान सिंह राउतले रौनियारलाई हटाउने निर्णयको पत्र कार्यान्वयन नगर्न, नगराउन अल्पकालिन अन्तरिम आदेश जारी गरेका थिए । चैत ४ गते जारी भएको उक्त आदेशमा रौनियारको माग वमोजिम अन्तरिम आदेश जारी गर्ने वा नगर्ने बिषयमा आजको पेशीमा दुवै पक्ष बोलाएर छलफल गर्ने पनि उल्लेख थियो । सोही आदेश वमोजिम अहिले सर्वोच्चमा रौनियारको माग दावीबारे अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने बिषयमा बहस भइरहेको सर्वोच्च अदालतको वेवसाइटमा उल्लेख छ ।

गत फागुन १७ गतेको सिनेट बैठकले रौनियारलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई कुलपति तथा प्रधानमन्त्रीले २६ गते सदर गरेपछि सोही दिन सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले रौनियारलाई पदबाट हटेको जानकारी पत्र गराएका थिए । त्यसविरुद्ध रौनियारले चैत ३ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । भोलीपल्ट रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो भने सरकारले पनि सोही दिन प्रतिष्ठानका रेक्टर डा.गुरु खनाललाई निमित्त भिसिको जिम्मेवारी दिएको थियो । चैत ५ गते खनालले निमित्त उपकुलपतिको कार्यभार सम्हालेको भोलीपल्ट डा.रौनियार अदालतको पत्रसहित प्रतिष्ठान आएर पुनः उपकुलपतिको पदवहाली गरेका थिए ।

ट ६ २०७५।१२।०३ विविध 075-WO-0895 प्रा.डा. राज कुमार रौनियार  ||  बी.पी.कोईराला स्वास्थ्यि बिज्ञान प्रतिष्‍ठान सुनसरी धरान समेत ३     अ।आ। सम्बन्धमा   सुनुवाई भइरहेको