धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियारलाई पदबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

आज मंगलबार सर्वोच्चका प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबरा र न्यायाधिश मीरा खड्काको संयुक्त इजलाशले रौनियारको पक्षमा अन्तरिम आदेश जारी गरेको हो । यसअघि चैत ४ गते न्यायाधिश प्रकाशमान सिंह राउतको इजलाशले रौनियारलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्नु, नगराउनु भन्ने अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

साथै, रौनियारको माग वमोजिम अन्तरिम आदेश दिन उपयुक्त भए नभएको बिषयमा राउतको इजलाशले आजको मितिमा दुवै पक्षलाई छलफलको लागि बोलाएको थियो । आज सर्वोच्च अदालतले प्रधानन्यायाधिश जबरा र न्यायाधिश खड्कको संयुक्त इजलाशमा रौनियारको पेशी तोकेको थियो ।

रिट ६ २०७५।१२।०३ विविध 075-WO-0895 प्रा.डा. राज कुमार रौनियार  ||  बी.पी.कोईराला स्वास्थ्यि बिज्ञान प्रतिष्‍ठान सुनसरी धरान समेत ३     अ।आ। सम्बन्धमा   आदेश   अ आ जारी