काठमाडौं : दैनिक २१ घण्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।

धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घण्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताए ।

विमानस्थल मर्मत अवधिभर दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्ममात्र खुला गर्ने तयारी छ ।

–नयाँ पत्रिका दैनिकबाट