भोजपुरः जिल्ला मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महीनामा रु ९७ लाख बढी राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म विभिन्न ६ शीर्षकमा रु ९७ लाख ५७ हजार १९४ राजश्व सङ्कलन गरेको हो । जसअनुसार घरजग्गा रजिष्ट्रेशन दस्तुर रु ५९ लाख २४ हजार २०५, पुर्जा बिक्री रु २४ हजार ५०, सेवा शुल्क रु १२ लाख ८७ हजार १००, जग्गा रोक्का रु १९ हजार २००, अन्य विविध रु तीन लाख ५४ हजार ८५० र पूँजीगत लाभकरबाट रु दुई लाख १३ हजार ९९९ राजश्व सङ्कलन भएको कार्यालयका कम्प्युटर अपरेटर रमानन्द चौधरीले जानकारी दिए ।

कार्यालयका अनुसार सबैभन्दा बढी मङ्सिर महीनामा रु २८ लाख २५ हजार ७६९ र सबैभन्दा कम असोजमा रु पाँच लाख ६ हजार ७२५ राजश्व सङ्कलन भएको छ । त्यस्तै साउन महीनामा रु १० लाख ३२ हजार ७५५, भदौमा रु आठ लाख ५३ हजार ६७९, कात्तिकमा रु ६ लाख ८७ हजार ८१६ राजश्व सङ्कलन भएको छ । त्यस्तै पुसमा रु १५ लाख ४६ हजार ५७८, माघमा रु १० लाख ९९ हजार ८२ र फागुनमा रु १० लाख ७१ हजार २२२ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।