धरान: धरानस्थित निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पाँचकन्याले मृतक परिवारका सदस्यलाई विमा रकम प्रदान गरेको छ ।

धरान १५ काठेपूलमा गठन भएको काठेपूल महिला स्वावलम्बी समुहकी सदस्य तिला कूमारी राईका श्रीमान कुम बहादूर लिम्बूको निधन भएपछि उनलाई विमावापतको रकम प्रदान गरिएको हो । आज एक कार्याक्रमको बीच क्षतिपूर्ति बापतको रकम १२ हजार ६ सय ५० प्रदान गरिएको संस्थाले जनाएको छ ।

शाखा कार्यालय पाचकन्याका सहायक कर्मचारी चूडामणी पौडेल र केन्द्र प्रमुख कमला बुुढाथोकीले उक्त रकम मृतककी श्रीमति राईलाई प्रदान गरेका थिए । संस्थाले समुहका सदस्यले कर्जा लिए वापत बैकको बिमा नियम अनुसार सदस्यको कालगतिमा मृत्यु भए बापत १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत २ सय प्रतिशत क्षतिपूर्ति रकम व्यवस्था गरेको छ । साथै श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको छ ।