धरान: प्रदेश १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेले धरानबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को अनुगमन थालेका छन् ।

बुधबार विहान मन्त्री घिमिरेले धरान–१२ स्थित पब्लिक मावि र निकेतन माविको परीक्षा केन्द्रमा पुगेर अनुगमन शुरु गरेका हुन् । पब्लिक र निकेतनको अनुगमन गरेपछि मन्त्री घिमिरेले परीक्षा अनुशासित र मर्यादित ढंगले सञ्चालन भइरहेको बताए । ‘धरानमा हामीले अनुगमन गरेका परीक्षा केन्द्रमा परीक्षा अनुशासित र मर्यादित ढंगले सञ्चालन भइरहेको मैले अनुभुती गरेको छु’ मन्त्री घिमिरेले भने,‘परीक्षा अवधिभर अब अनुगमन गदै जान्छौ ।’

यसैगरी, इटहरीका परीक्षा केन्द्रहरुमा पनि अनुगमन गरिने बताए । मन्त्रालयको काम विशेषले आफु काठमाडौ रहेकाले अनुगमन गर्न नपाएको बताउदै परीक्षा अवधिभर अनुगमन गरिने बताए । एसईई परीक्षा आइतबारदेखि शुरु भएको हो ।