काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता लिएको छ ।

प्रवेशिका परीक्षालाई असर गर्ने कारण देखाउँदै समूहले बन्द फिर्ता लिएको घोषणा गरेको हो । विप्लव समूहका नेता गुणराज लोहनीले बन्द फिर्ता लिएको पुष्टि गरे । उनले एसईई परीक्षा परेको जानकारी पाएपछि बन्द फिर्ता गरिएको जानकारी दिए ।

एसईई परीक्षा र नेपाल बार एशोसिएशनको चुनावलाई लक्षित गरी बन्द फिर्ता गरिएको उनको भनाइ छ । यसअघि राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गरी एसईईको समयमा बन्द हड्तालको कार्यक्रम नगर्न विप्लव समूहलाई आग्रह गरेको थियव । सरकारले घोषणा गरेको लगानी सम्मेलन पनि १५ र १६ चैतमा हुँदैछ ।