झापा: झापाको दमक नगरपालिका ४ चियाबगानमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

बुधवार बेलुका ७ बजेको समयमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ६ ख २८९३ नम्बरको ट्रकले साईकल यात्रीलाई ठक्कर दिंदा साईकल यात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको भुताहा घर भई दमकमा मजदुरी गर्दै आएका ४५ बर्षीय सकिलाल मण्डल रहेका छन् ।

उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि दमक अस्पतालमा राखिएको छ भने ट्रक र ट्रक चालक दमक नगरपालिका(४ का ४३ बर्षीय संजिव श्रेष्ठ ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रण रहेका छन् ।