धरान: धरान उपमहानगरपालिका खेलकुद विकास समितिले धरान नगर भलिवल टिमलाई विहिवार जर्सी र ट्रयाक प्रदान गरेको छ ।

इटहरी उपमहानगरपालिकाको आयोजनामा हुदै गरेको प्रदेश १ स्तरीय अन्तर मेयर कप भलिवल प्रतियोगिताका लागि धरानबाट प्रतिनिधित्व गर्ने खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई जर्सी र ट्रयाक सुट प्रदान गरिएको हो । धरान टिमबाट बसन्त राई, अनिल राई, रोमन क्षेत्री, रिजन विष्ट, एल्विन राई, युद्धराज राई, राजु मोक्तान, दिपक राई, प्रताप लिम्वु, प्रशिक्षक उमेश ताम्रकार र टिम व्यवस्थापकमा विकास चाम्लिङ राई रहेको छ ।

उनीहरुलाई धरान उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष सुवास राई र समितिका सदस्य सुयोग पाख्रिनको हातबाट खेलकुद सामग्री वितरण गरिएको थियो । धरान टिमले शुक्रवार उर्लावारी नगरपालिका मोरङ्ग भलिवल टिमसँग प्रतिस्पर्धा गर्नेछन ।