बेलबारीः नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले हत्या गरी कोशीमा फालिएकी मोरङको बेलबारी ४ की २६ बर्षिया रमिला राईको अन्त्येष्टी गरिएको छ ।

उनको हत्या भएको २७ दिनपछि आज अन्त्येष्टी गरिएको हो । वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम पछि उनको आज बिहिबार देवीथान सामुदायिक वनमा समुहको जंगलमा अन्तिम दाहसंस्कार गरिएको हो । वेपत्ता भएको २६ दिनपछि रमिलाको शव कोशीमा फेला परेको थियो । उनको शव बुधबार हिजो कोशीमा बोरामा हातखुट्टा बाँधिएको अबस्थामा फेला परेको थियो । परिवारले कोशीमा भेटिएको शव रमिलाको भएको पुष्टि गरेको थियो ।

गुरुङको प्रेमिकाकोरुपमा रहेकी रमिला २७ दिनअघि एक्कासी वेपत्ता भएकी थिइन् । हत्या अभियोगमा गुरुङलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । मृतक रमिला एक छोरीकी आमा पनि हुन् । उनी माइतीमा बस्दै आएका थिए । रमिला वेपत्ता भएपछि नेता गुरुङमाथि अनुसन्धान सोझिएको थियो । प्रहरीले सिसिटिभी फुटेज हेर्दा गुरुङको गाडी इटहरी पुर्वा जादै गरेको देखिए पनि उनले प्रहरीलाई भने ढाटेका थिए । पछि उनले हत्या गरेर फालेको स्वीकार गरेपछि प्रहरीले कोशीमा निरन्तर शव खोजी गरेको थियो । लामो प्रयासपछि मात्र हिजो प्रहरीले रमिलाको शव फेला पारेको थियो ।

54515462-358145808246378-9021969750351151104-n