झापा: झापाको मेचीनगर नगरपालिका ६ र ७ बाट प्रहरीले बिहीवार करिब १ लाख २० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

बिहीवार साँझ पौने ७ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका ५ बोरा लेडिज कपडा र विभिन्न किसिमका भाडाँकुडा बरामद गरेको थियो । बरामद गरिएका उक्त सामानहरु आज मेची भन्सार कार्यालय झापा बुझाईने उक्त कार्यालयले जनाएको छ ।