सुनसरी: इटहरीमा जारी मेयरकप फुटबल प्रतियोगिताको उपाधी रामधुनी नगरपालिकाले जितेको छ ।

इटहरी रंगशालामा भएको खेलमा धरान उपमहानगरपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै रामधुनीले पहिलो मेयरकप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगितामा रामधुनीका तर्फवाट अर्जुन लिम्वूले २ गरे भने सन्दीप लिम्वूले एक गोल गरे । धरानका तर्फवाट खेलको अन्त्यमा मनोज राईले १ गोल फर्काएका थिए । दुहवीलाई पराजीत गर्दै रामधुनी फाइनलमा प्रवेश गरेको थियो भने हिजो धरानले बराहक्षेत्र नगरपालिकालाई पराजित गर्दै फाईनल पुगेको थियो ।

Ramdhuni

खेलको म्यान अफ द म्याच रामधुनीका अञ्जन लिम्वू घोषित भए भने म्यानअफ द सिरिज सन्दीप लिम्वू घोषित भए । विजेता रामधुनी नगरपालिकाले नगद १ लाखसहित उपाधि हात पार्यो भने उपविजेता धरानले नगद ५० हजारमा चित्त बुझायो ।खेलाडीहरुलाई उपप्रमुख लक्ष्मी गौतमले पुरस्कार प्रदान गरेकी थिइन् ।सुनसरी जिल्लाका पालिका स्तरीय फुटवल प्रतियोगितामा आठ टिमको सहभागिता थियो ।