म अचेल ‘एनसियन्ट एलीयन्स’सम्बन्धी तथ्यहरुमाथि घोत्लीइरहेको छु । इजीप्टको पिरामीड र दक्षिण अमेरीकाको प्राचीन संरचना ‘टिवोटयूवाकान’Teotihuacan उत्खनन गर्दा पारो (मक्ररी)को भण्डार फेला परेपछि वैज्ञानिकहरु आश्चर्यचकित भएका छन् । अन्तरीक्षमा प्रक्षेपण गर्ने यानका लागि पारोको प्रयोग गरीन्छ । वैज्ञानिकहरु अचेल के निश्कर्षमा पुगेका छन् भने ति पिरामीड र Teotihuacan खासमा अन्तरीक्ष यान अवतरण गर्ने केन्द्र हुन् । पराग्रहका उन्नत चेतना (एलीयन्स)हरुले पृथ्वीमा अवतरण गर्नका लागि लाखौं वर्षपहिले त्यसको निर्माण गरेका हुन् ।

यो पृथ्वीमा हामी मानिस मात्र थिएनौं र छैनौं । यहाँ पहिले पनि कोही आएको थियो, सभ्यताको चरम विकास गरेको थियो र कुनै प्राकृतिक विपत्तीबाट त्यो सभ्यता समाप्त भएको थियो । हैन भने, मरुभूमिको विचमा अग्ला अग्ला ढुँगाका स्तम्भ कसले ल्याएर राख्यो ? Teotihuacan निर्माणका लागि भारी भरकम चट्टानहरु कसले कसरी बोकेर त्यहाँसम्म लग्यो ?

मलाई विश्वास छ, यो ब्रम्हाण्डमा कहीं कतै ब्रम्हज्ञानीहरु, परम सत्यका अन्वेशकहरुले खोजेका ज्ञानै ज्ञानले भरीएको कुनै क्षेत्र पनि छ, जहाँबाट बेलाबेलामा यो धर्तीका मानिसहरुमा चेतनाकै तारमार्फत ज्ञानको सप्लाइ हुन्छ र आइन्सटाइनदेखि स्टेफन हकीङ, बुद्धदेखि ओशोसम्मको उदय हुन्छ । हामीभन्दा हजारौं गुना उन्नत चेतनाले यो पृथ्वीलाई लाखौ वर्ष पहिले प्रयोगशाला बनाइसकेको हुनसक्छ । नासाका बैज्ञानिकहरुले हालै भनेका छन्, सन् २०२५ सम्म हामी त्यो एलीयन्स’ पत्ता लगाएरै छाडने छौं, या उनीहरुबाट हामीले पठाएको सन्देशको स्पष्ट जवाफ पाउनेछौं ।

मित्रहरु, अबको बिस वर्ष भनेको यो पृथ्वीमा चमत्कारै चमत्कार, आश्चर्य नै आश्चर्यका दृश्यहरु देख्ने चरण हो । हाम्रा हजूरबा फेसबुक र आइफोन नदेखी बित्नुभो । म इश्वरसँग कामना गर्छु, कम्तीमा म चाहिँ त्यो ‘एलीयन्स’ देखेर मर्न पाउँ ।

कुसुम कुसुमको फेसबुकबाट