धरान : सुनसरी साइक्लिङ संघको आयोजना तथा नगर खेलकुद विकास समितिको बिशेष सहयोगमा धरानमा दोस्रो मेयर ओपन एमटिबि क्रसकन्ट्री च्याम्पियनसिप आयोजना भइरहेको छ ।

धरान १४ विजयपुरस्थित पाँचकन्या जंगल क्षेत्रको साइक्लिङ ट्रयाकमा च्याम्पियनसिप आयोजना भइरहेको हो । यो साइक्लिङ ट्रयाक प्रतियोगिताको लागि अन्र्तराष्ट्रियस्तरको मानिन्छ । यहाँ अहिले विभिन्न ४ विधाको साइक्लिङ स्पर्धा भइरहेको छ । ती मध्ये महिला खुलातर्फको स्पर्धा सम्पन्न भइसकेको छ भने पुरुष जुनियर र पुरुष मास्टर(भेट्रान)को स्पर्धा पनि सम्पन्न भइसकेको छ ।

cyclings

अहिले मुख्य स्पर्धातर्फ पुरुष खुलाको प्रतियोगिता भइरहेको छ । कुल ७ ल्यापमा खेलाडीहरुले स्पर्धा गरिरहेका छन् ।नेपालका नम्वर वान साइक्लिष्टहरुसँगै विदेशबाट पनि प्रतियोगितामा सहभागी हुन खेलाडीहरु आएका छन् । पुरुष खुलातर्फको स्पर्धा सम्पन्न भएपछि हुक्पा चोङवाङ रिसोर्टमा पुरस्कार वितरण कार्यक्रम आयोजना हुनेछ । प्रतियोगितामा पुरुष तथा महिला खुलातर्फका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारसहित मेडल तथा प्रमाणपत्र पाउनेछन् भने जुनियर र भेट्रानतर्पmको विजेताले नगद १५ हजार, १० हजार र ५ हजार पाउनेछन् ।

cyclisyt-ladies

cycle8 cyclist9 IMG_3206 IMG_3227 IMG_3246