झापा : २०६७ सालवाट ४ विधामा योगदान पुर्याएकालाई पुरस्कृत गर्दै आएको रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठानले यस वर्षको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार डा. केदार वुढाथोकीलाई प्रदान गर्ने भएको छ ।

यस अघि पाँचौँ पटक सम्म विभिन्न ४ विधामा पुरस्कार वितरण गरि सकेको रुद्र-गौरी श्री अम्बिका ओली प्रतिष्ठानले २०७६ साल वैशाख ७ गते प्रतिष्ठानको पुरस्कार वितरण निर्देशिका अनुसार सम्वन्धित विषयमा विज्ञ ३ जना पुरस्कार निर्णायक मण्डल वाट प्राप्त सिफारिसका आधारमा पुरस्कार वितरण गरिने भएको हो । चैत्र १६ गते ओली वंश समन्वय समिती केन्द्रिय कार्यालय विर्तामोड झापामा रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानमा एक पत्रकार सम्मेलनको आयोजना गरी पुरस्कारको घोषणा गरिएको हो । ०७६ वैसाख ७ गते काठमाण्डौ स्थित कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने कार्यक्रममा बाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोसीको प्रमुख आतिथ्यतामा कृषि पुरस्कार तर्फ नगद रु एक लाख एक हजार एक सय एघार राषिको पुरस्कार नख्खु ललितपुरका डा. केदार बुढाथोकीलाई कृषि क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ ।
त्यसै गरी नगद रु एक लाख एक हजार एक सय एघार राशीको गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा नगद पुरस्कार सुनसरी जिल्ला धरान उपमहानगरपालिकाकी सामाजिक अभियान्ता दुर्गा घिमिरेलाई प्रदान गरिने घोषणा गरिएको छ ।

त्यसै गरी तेश्रो विधा अन्तर्गत नगद रु एक लाख एक हजार एक सय एघार राशीको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारीता पुरस्कार खरेलथोक काभ्रेपलान्चोकका पत्रकार तथा प्राध्यापक पर्शुराम खरेल अर्थात पि खरेल लाई पत्रकारीता तथा आम सञ्चारमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गरी प्रदान गरिने घोषणा गरिएको छ।
त्यसै गरी चौथो पुरस्कार अन्तर्गत देबि ओली स्मृति राष्ट्रिय बाल पुरस्कार गुराँस ३, खुम दैलेखको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कक्षा ११ मा अध्ययनरत यामबहादुर वि.क लाई नगद रु एकाउन्न हजार एक सय एघार रुपैयाँ सहित पुरष्कृत गरिने रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले जनाएको छ ।