धरान:पाँचौ इन्द्र बराह स्मृति एमेच्योर खुला गल्फ प्रतियोगिताको उपाधि इटहरीका सन्तोष कार्कीले जितेका छन् ।

शनिबार निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा आयोजित प्रतियोगितामा ४ अण्डरको स्कोर गर्दै उपाधि जितेका हुन् । कुल ५ ओभर ७५ स्कोर खेलेका कार्की ९ ह्याण्डीक्याप खेलाडी हुन् । दोस्रो भएका विनोद राईको पनि समान ४ अण्डर स्कोर थियो । तर, ब्याक काउण्टको आधारमा उनी कार्कीसँग पछि परे । ब्रिटिश गोर्खा लाहुरे राईले कुल ८ ओभर ७८ स्कोर खेलेका थिए । उनी १२ ह्याण्डीक्याप खेलाडी हुन् ।

प्रतियोगितामा ११ ह्याण्डीक्याप खेलाडी टिका लिम्बू १ अण्डर खेल्दै तेस्रो भए । उनले कुल १० ओभर ८० स्कोर खेलेका थिए । विजेता कार्कीले रनिङ तथा च्याम्पियन ट्रफीसँगै १२ हजार बराबरको भौचर पाए । दोस्रो र तेस्रो हुने खेलाडीहरुले पनि ट्रफीसँगै क्रमशः ७ हजार र ५ हजार बराबरको भौचर हात पारे । यस्तै, प्रतियोगितामा लेडिजतर्फ २६ ह्याण्डीक्याप खेलाडी सुमित्रा लिम्बू ५ अण्डर खेल्दै विजेता भइन् । उनले कुल ९१ स्कोर खेलेकी थिइन् । महिलातर्फ २१ ह्ण्याण्डीक्याप खेलाडी नोर्किन पाख्रिन ५ ओभर खेल्दै दोस्रो भइन् । उनले कुल २६ ओभर ९६ स्कोर खेलेकी थिइन् । महिलातर्फको विजेता र उपविजेताले ट्रफीसँगै क्रमश:५ हजार र ४ हजार बराबरको भौचर हात पारे ।

IMG_3402

यसैगरि, प्रतियोगितामा ३ ह्याण्डीक्याप खेलाडी राजकुमार राई एक अण्डर खेल्दै ग्रोस विजेता भए । उनले कुल २ ओभर ७२ स्कोर गरेका थिए । यसैगरि, ४ ह्याण्डीक्याप खेलाडी काजी राईले इभनपार खेल्दै उपविजेता बने । उनले कुल ४ ओभर ७४ स्कोर गरेका थिए । ग्रसतर्फको प्रथम र दोस्रो खेलाडीले क्रमशः ट्रफीसँगै नगद १० हजार र ६ हजार बराबरको भौचर पाए ।

यसैगरी, नियरेष्ट टु दिन पिनको पुरस्कार बिक्रम राईले जिते भने लङ्गेष्ट ड्राइभको पुरस्कार निरज तामाङले जिते । मोष्ट बर्डिको पुरस्कार युवराज भुजेलले हात पारे । यस्तै, स्वर्गीय इन्द्रकुमार लामिछाने स्पेशल बर्डीको पुरस्कार ४ जनाले जिते । यो पुरस्कार जित्नेहरुले डम्बर लिम्बू, लक्ष्मी प्रसाद गुरुङ, विष्णुकुमार राई र हेमबहादुर थापाले जिते । मस्ट बर्डी, लंगेष्ट ड्राइभ र नियरेष्ट टु दि पिनका विजेताले जनही ३ हजार बराबरको भौचरसँगै ट्रफी थापे । स्पेशल बर्डीको पुरस्कार ५ हजार भने ४ जनाले जनही बाडे ।

IMG_3410

धरान गल्फ क्लबको आयोजना र बराह ज्वेलरी इण्ड्रष्ट्रिज प्रालिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा कुल ५६ खेलाडीहरु सहभागी थिए । विजेता खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष टिका लिम्बू, प्रमुख अतिथि एवं प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी, बिशेष अतिथिहरु वीपी प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियार, नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राई, बराहकी सञ्चालिका विष्णुमाया लामिछाने, धरान प्रमुख तथा प्रबन्धन निर्देशक मानबहादुर विश्वकर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।

IMG_3386

IMG_3428