सुनसरी: सुनसरीको इटहरीमा जारी मेयरकप भलिबल प्रतियोगिताको उपाधी इटहरी उपमहानगरपालिकाको टिम ए ले जितेको छ ।

इटहरी रंगशालामा भएको खेलमा इटहरी उपमहानगरकै टिम बी लाई टिम ए ले २०–२५,२५–२३, २५–१६, २५–१७ को सेटले पराजित गरेको हो । बिजेता बनेको इटहरी उपमहानगरपालिकाको टिम ए ले नगद एक लाख नगद पुरस्कार हात पारेको छ । उपविजेता टिम बी ले नगद ५० हजारमा चित्त बुझाएको छ ।

आयोजक टिम ए का खेलाडी सुजन बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार हात पारे । खेलको उत्कृष्ट स्पाईकर टिम बी का बाल कुमार रायमाझी, उत्कृष्ट सेटर टिम बी का रोशन बिक, उत्कृष्ट ब्लकर टिम एका समीप श्रेष्ठ, उत्कृष्ट लिबरो टिम बी का गजेन्द्र लिम्वु घोषित भए । उनीहरुले जनही नगद १ हजार हात पारे ।

इटहरी ए ले सेमीफाइनलमा धरानलाई पराजित गर्दै फाईनल पुगेको थियो भने इटहरी बी टिमले झापा गाउँपालिकालाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियोे । इटहरीमा जारी मेयरकप खेलकुद प्रतियोगिता अन्र्तगत भलिवल र फुटवल प्रतियोगिता सम्पन्न भएको हो । चैत २८ गते देखि वैशाख ३ गतेसम्म क्रिकेट प्रतियोगिता र वैशाख ३ गते देखि ६ गतेसम्म तेक्वान्दो प्रतियोगिता हुनेछ ।