धरान : भारतमा जारी आइपिएलमा दिल्ली क्यापिटलबाट टिम ११ मा पर्न सफल नेपाली खेलाडी सन्दीप लामिछानेले सानदार प्रर्दशन गरेका छन् ।

अघिल्ला २ खेलमा टिम ११ भित्र पर्न नसकेका उनलाई आज दिल्लीले स्थान दिएको छ । टिमको विश्वासलाई जोगाउदै उनले आजको खेलमा कलकत्ता नाइट राइडरविरुद्ध विकेट समेत लिन सफल भएका छन् । खेलको तेस्रो ओभरमा आफ्नो दोसो ओभरको वलिङ गर्ने क्रममा उनले कलकत्ताको निखिल नायकको विकेट लिन सफल भएका छन् । निखिललाई सन्दीपले एलबिडब्लुमा आउट गराएका थिए । उनले २ ओभर वलिङ गर्दा मात्र ७ रन दिएका छन् ।