फेसबुका संस्थापक मार्क जुकरवर्गले इन्टरनेटका सामग्रीहरुको नियमनका लागि अनुगमनकर्ता र सरकारले थप सक्रियता देखाउनु पर्ने बताएका छन् ।

वासिंटन पोष्टमा एक पत्र प्रकाशित गर्दै उनले इन्टरनेटमा खराब सामग्री अनुगमनको जिम्मेदारी कम्पनी एक्लैका लागि अत्यन्त बृहत् हुने भन्दै नयां नियम बनाउन आग्रह गरे । सबै वेभसाइटहरुमा नयां नियम आवश्यक रहेको भन्दै जुकरवर्गले प्राविधिक कम्पनीहरुमा यस्ता नियम लागु गर्नु पर्नेमा जोड दिए ।

यसबाट मात्रै नकारात्मक सामग्रीहरु चाडैं फैलन नसक्ने उनको विश्वास छ । न्यूजिल्याण्डको क्राइस्ट चर्चमा आक्रमणकारीले आक्रमणको प्रत्यक्ष भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको दुई हप्तापछि फेसबुकका प्रमुखको यस्तो भनाइ आएको हो । उक्त आक्रमणमा ५० जनाको मृत्यु भएको थियो ।