काकडभिट्टा:झापाको मेचीनगर नगरपालिका ६ र ७ बाट प्रहरीले ३ लाख २० हजार बराबरको अबैध सामान बरामद गरेको छ ।

शनिबार दिउँसो १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलिले झापाको मेचीनगर नगरपालिका ७ स्थित जोर सिमलबाटअवैध रुपमा भन्सार छलि चोरी पैठारी निकाशी गरी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको करिब एक लाख पचास हजार रुपैयाँ बराबरको कपडाहरु बरामद गरेको थियो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलिले झापाको मेचीनगर नगरपालिका ६ र ७ स्थित बिभिन्न स्थानबाट भन्सार छलि चोरी पैठारी निकाशी गरी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न किसिमका कपडा र रुख काटने मेसिन पक्राउ गरेको छ । ती समानहरुको मुल्य करिब १ लाख ७० हजार बराबरको छ । बरामद गरिएका उक्त सामानहरु आज मेची भन्सार कार्यालय झापा बुझाईने उक्त कार्यालयले जनाएको छ ।