ओखलढुंगा:काठमाडौंतर्फ गइरहेको यात्रुवाहक जीप भीरबाट खसेर दुर्घटनाग्रस्त भएको छ । दुर्र्घटनामा परी कम्तीमा ६ जनाको ज्यान गएको बताइएको छ ।

बा१६च २२०७ नम्वरको स्कोरपियो गाडी दुर्घटना भएको हो । ओखलढुंगाको मानेभञ्झ्याङ गाउँपालिका–६, घुर्मीबाट २ किलोमिटर माथि हिलेपानी नजिकै दुर्घटना भएको हो । घटनास्थलमा पुगेर प्रहरीले उद्दार कार्य गरिरहेको छ । घटनास्थलमा पुगेर प्रहरीले उद्दार कार्य गरिरहेको छ । उक्त जीप सोलुखुम्बुबाट काठमाण्डौ जादै गरेको बताइएको छ ।