काठमाडौं: आसन्न आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका लागि बुद्धिचाल (चेस)तर्फ पुरुष र महिला खेलाडीको अन्तिम टुंगो लागेको छ ।

पुरुषतर्फ एपीएफका लागि फिडेमास्टर सुजेन्द्र श्रेष्ठ, क्यान्डिडेटमास्टर क्षितिज भण्डारी, प्रकाश नेपाल, सुकदेव चामलिङ र सञ्जय राई बुद्धिचाल विधातर्फ खेल्दैछन् । महिलातर्फ शान्ता थापा, बिनिता कपाली र नमन सेढाईं छन् । यसअघि भूगोलबाट छनोट खेल्दै प्रत्येक प्रदेशबाट पाँच पुरुष र तीन महिलासहित पुरुषतर्फ ३५ र महिलातर्फ २१ खेलाडी छनोट भइसकेका छन् । विभागीय टिमहरु एपीएफसहित नेपाली सेना र नेपाल प्रहरीबाट १५ पुरुष र ९ महिला खेलाडी खेल्दैछन् । बुद्धिचाल विधाको प्रतियोगिता आगामी ६ देखि ११ बैशाखसम्म बर्दियाको ठाकुरद्वारामा हुँदैछ ।