ओखलढुंगा: ओखलढुंगाको मानेभन्ज्याङमा भएको जीप दुर्घटनामा ६ जनाको ज्यान गएको पुष्टि भएको छ । उक्त दुर्घटनामा ३ जना घाइते भएका छन् ।

काठमाडौं हिडेको बा १६ च २२०७ नम्बरको जीप दुर्घटना हुदा सोलुखुम्बुका ५५ वर्षीय मिङ्मा शेर्पा, ४५ वर्षीय साङगेल शेर्पा, नुर्वु शेर्पा, ङवाङ शेर्पा रहेका छन् भने डोमा र नुमा शेर्पाको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ । अन्य घाइते ३ जनालाई प्रहरीले उद्दार गरेर उपचारमा लगेको छ । उक्त जीप सोलुखुम्बुबाट काठमाण्डौको लागि छुटेको प्रहरीले जनाएको छ ।