स्पेनको राजधानी म्याड्रिडस्थित आफ्नो दूतावासमा गत महिना भएको घटनालाई उत्तर कोरियाले गम्भीर आतङ्कवादी आक्रमण भएको ठहर गरेको छ ।

घटनाबारे पहिलो पटक टिप्पणी गर्दै प्योङ्याङले आक्रमणबारे अनुसन्धानको माग गरेको छ । अमेरिकाको सङ्घीय जाँच ब्यूरो (एफबीआई) सो घटनामा संलग्न रहेको भन्ने चर्चालाई पनि आफूले नजिकैबाट नियालेको उसले बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच हनोइमा भएको सम्मेलनभन्दा पाँच दिन पहिले गरिएको उक्त आक्रमणमा एक समूहले राजदूताबासमा प्रबेश गरी तोडफोड गरी दूताबासकै गाडीहरू प्रयोग गरी पछाडीको गेटबाट भागेका थिए ।

उत्तर कोरियाले घटनामा संलग्न मुख्य सन्दिग्धहरूको नाममा कम्तीमा दुईवटा अन्तर्रा्िष्ट्रय पक्राउ पुर्जी जारी भएका छन् । स्पेनका अधिकारीहरूका अनुसार एड्रिअन हङ चाङ नामक समूहका एक व्यक्ति व्यापार मामिला हेर्ने उत्तर कोरियाली सहचारीलाई भेट्ने बहानामा दूतावास प्रवेश गरेका थिए ।