धरान(डेस्क): आफ्नो पुर्वनिर्धारित कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नं १ को हावाहुरी प्रभावित क्षेत्रमा जादैछन् ।

आइतबार राती आएको हावाहुरीले प्रदेश २ को बारा र पर्सामा ठुलो जनधनको क्षति भएकोले प्रधानमन्त्री ओली प्रभावित क्षेत्र जान लागेका हुन् । प्रधानमन्त्री ओली हिजोदेखि पुर्वनिर्धारित कार्यक्रममा सहभागी हुन आफ्नो गृहजिल्ला झापा छन् । झापाका सबै कार्यक्रम स्थगित गरेर ओली बारातर्फ जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ज्यु हावाहुरी प्रभावित क्षेत्रमा जादै हुनुहुन्छ, अधिकारीले भने । प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत सिधै बारा पुग्नेछन् ।