धरान: संघीय समाजवादी फोरम धरानको अध्यक्षमा ताजुप लिम्बू चयन भएका छन् ।

दोस्रो नगर अधिवेशनले लिम्बूको अध्यक्षतामा ४० सदस्यीय धरान उपमहानगर समिति सर्वसम्मत रुपमा चयन गरेको छ । अध्यक्ष प्रणाली अनुसार अध्यक्षको मात्र चयन गरिएको थियो । अन्य पदाधिकारीको घोषणा भने गर्न बाँकी छ । पदाधिकारीहरुको नामावलीलाई आगामी शनिबार बस्ने पहिलो बैठकले अनुमोदन गरेर सार्वजनिक गर्ने फोरमले जनाएको छ ।

पदाधिकारीमा उपाध्यक्षमा बिना पुमा राई, सचिवमा हेमराज जिमी, सहसचिवमा शम्भु राई र कोषाध्यक्षमा लक्ष्मी राई सर्वसम्मत भएको बताइएको छ । यस्तै, सदस्यहरुमा सुमन चेम्जोङ, भगिराज चेम्जोङ, मिलन राई, जीवन राई, गुणराज राई, कल्पना राई,प्रेम राई,कबिता याक्खा,केदार राई,सीता राईलगायत रहेका छन् ।