धरान: भारतमा जारी इण्डियन प्रिमियर लिग (आएपीएल) अन्र्तगत आज हुने किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा दिल्ली क्यापिटलले नेपाली स्पिनर सन्दीप लामिछानेलाई पनि समावेश गरेको छ।

दिल्लीले पञ्जाबविरुद्ध पञ्जाबको घरेलु मैदान मोहालीमा खेल्दैछ । यसअघि, शनिबार राती पनि सन्दीपले कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा मौका पाएका थिए। उनले ४ ओभर खेल्दै २९ रन दिएका थिए भने कोलकाताको एक विकेट पनि लिएका थिए। उक्त खेलमा सन्दीप सबैभन्दा कम रन दिने बलर बनेका थिए ।