धरान: भारतमा जारी इण्डियन प्रिमियर लिग (आएपीएल) अन्र्तगत अहिले जारी खेलमा नेपालका स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा चौथो ओभरमा वलिङ गर्न आएका सन्दीपले एस कुरानको विकेट लिएका हुन् । उनले एक ओभरमा १० रन खर्चदै एक विकेट लिन सफल भएका हुन् । दिल्ली क्यापिटलबाट खेलिरहेका स्पिनर सन्दीपले यसअघि, कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा पनि ४ ओभर वलिङ गर्दै एक विकेट लिएका थिए ।