धरान: भारतमा जारी इण्डियन प्रिमियर लिग (आएपीएल) अन्र्तगत अहिले जारी खेलमा नेपालका स्पिनर सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् ।

किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा उनले व्यक्तिगत दोस्रो विकेट लिएका हुन् । खेलको १३ औं ओभरमा पञ्जावको सर्फराज खानको विकेट लिएका हुन् । सन्दीपले कुल ४ ओभर वलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिन सफल भए । उनले चौथो ओभरमा पनि एस कुरानको विकेट लिएका थिए । दिल्ली क्यापिटलबाट खेलिरहेका स्पिनर सन्दीपले यसअघि पनि कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा ४ ओभर वलिङ गर्दै एक विकेट लिएका थिए ।