धरान:निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पाँचकन्याले मृतक परिवारका सदस्यलाई बिमा रमक प्रदान गरेको छ ।

धरान ८, गोविन्द रोडमा गठन भएको गोविन्द रोड महिला स्वावलम्बी समुहकी सदस्य पविदा देवी कार्कीका श्रीमान धन बहादुर कार्कीको निधन भएपछि आज एक कार्याक्रमको बिच क्षतिपूर्ति बापतको रकम १४ हजार प्रदान गरिएको हो । उक्त रकम मृतककी श्रीमती पविदादेवीलाई शाखा कार्यालय पाँचकन्याका सहायक कर्मचारी चूडामणी पौडेलले प्रदान गरे ।

संस्थाले समुहका सदस्यले कर्जा लिए बापत बैकको बिमा नियम अनुसार सदस्यको कालगतीमा मृत्यू भए १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यु भए बापत २ सय प्रतिशत क्ष्तिपूर्ति रकम दिने व्यवस्था गरेको छ । साथै,श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था छ ।