विर्तामोड : झापा अर्जुनधारा नगरपालिकाको चौथो नगरसभा सुरु भएको छ ।

चौथो नगरसभाको अवसरमा मंङ्लबार अन्तर्रािट्रय स्वर्ण पदक विजेता तीन जनासहित चार जनालाई सम्मान गरेको हो । तेक्वान्दो खेलमार्फत अन्र्तर्रािष्ट्रय पदक विजेता खेलाडीलाई अर्जुनधारा नगरपालिकाले नगदसहित सम्मान गरेको हो । चीनमा सम्पन्न द वल्र्ड हिरो कपमा सहभागी अर्जुनधारा ९ निवासी दिपेन धिमालले उमेर समूहमा स्वर्ण जितेका थिए । त्यस्तै, २० वर्षीय धिमालले ५८ केजी तौल समूहअन्तर्गत सिनियर तर्फ स्वर्ण जितेका थिए । उनीहरुलाई नगरपालिकाले नगद २५ हजारसहित प्रशंसापत्र प्रदान गरिएको थियो । द वल्र्ड हिरो कपमै ४२ केजी तौल समूहतर्फ सहभागी एन्किला राईले पनि स्वर्ण जितेकी थिइन् । अर्जुनधारा–९ की एन्किलालाई पनि नगद २५ हजार प्रदान गरिएको छ । त्यस्तै, ४२ केजी तौल समूहबाट सहभागी अर्जुनधारा–९ निवासी १७ वर्षीय विवेक गिरीलाई पनि नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

त्यस्तै, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट चरणमा स्वर्ण पदक विजेता अर्जुनधारा–५ का अरुण डाँगीलाई पनि नगदसहित प्रशंसापत्र प्रदान गरे । खोटाङको दिक्तेलमा सम्पन्न १ नम्बर प्रदेशस्तरीय प्रतियोगितामा १९ वर्षीय अरुणले ५४ केजी तौल समूहबाट प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा एन्किला अनुपस्थित भएकी थिइन् भने अरुणको प्रशंसापत्र उनका आमा गीता डाँगीले ग्रहण गरेकी अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए । यसैबीच, स्वर्ण पदकधारी दिपेन धिमाललाई खेलको तयारीका लागि थप २५ हजार प्रदान गरिएको छ । प्रदेश सांसद बृख प्रधान, नगर प्रमुख हरि कुमार राना, उप–प्रमुख कमला खतिवडा(आचार्य) द्वारा नगद, दोसल्ला र प्रशंसापत्र प्रदान गरिएको थियो । नगरसभामामा कार्यपालिकाका निर्णयहरु पेश भएको र आज पनि संचालन हुने प्रमुख प्रशासकीय अधिकृत भूर्तेलले जानकारी दिए ।