ताप्लेजुङ : ताप्लेजुङस्थित सुकेटार विमानस्थलको स्तरवृद्धिक लागि सम्भायता अध्ययनको काम थालिएको छ ।

स्तरोन्नति अर्थात् कालोपत्रे –पिच) भएको ४ वर्षपछि विमानस्थलको स्तरवृद्धि गर्न लागिएको हो । विमानस्थलको हाल भएको धावनमार्गको लम्बाई ७ सय मिटरबाट बढाएर ९ सय मिटर बनाउने कार्यका लागि सर्भेको कार्य थालेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नागरिक प्राधिकरण, इन्जिनियरिङ विभागका उपप्रबन्धक नलविक्रम थापाका अनुसार रियलपाथ इन्जिनियरिङ कन्सलटेनसीले सर्भेको कार्य गरिरहेको छ । २०२८ सालमा स्थानीयको पहलमा निर्माण भएको सुकेटार विमानस्थल ४४ वर्षपछि आर्थिक वर्ष २०७०, ७१ म कालोपत्रे भएको थियो ।

७ सय मिटर लम्बाई र २० मिटर चौडाई भएको विमानस्थल कालोपत्रे गरिएको थियो भने पुनः यो वर्षदेखि धावनमार्ग बढाउने कार्यका लागि सर्भे थालिएको हो ।
–नागरिक पूर्वेली दैनिकबाट