झापा: झापाको दमक नगरपालिका,९ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

मंगलवार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ८ प ८८९६ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ४७१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक ईलामको चुलाचुली गाउँपालिका ६ का १८ बर्षीय ओमन राई र पछाडि सवार ६२ बर्षीय सुवास राई घाईते भएका थिए । घाईतेलाई उपचारको लागि दमकको लाईफ लाईन अस्पताल लगिएको थियो ।

उक्त अस्पतालमा उपचारको क्रममा सुवास राईको दिउँसो ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दकमले जनाएको छ । अर्का घाईते ओमन राईको सोही अस्पतालमा उपचार भईरहेको छ । दुवै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।