धरान : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले "इटहरीमा घरै भित्र असुरक्षा बढेको अनुभव" शिर्षकको समाचारलाई प्रमुख समाचारको रुपमा छापेको छ ।

प्रहरीले आफ्नै श्रिमती र छोरीलाई तिनदिन अघि खुकुरी प्रहार गरी फरार भएका इटहरी वडा नं.२० तरहरा तमाङटोलका सोमबहादुर राईलाई पक्राउ गरेको छ । ढिलो चाँडो कानुनको फन्दामा परीन्छ भन्ने थाहा हुँदाहुँदै बिशेषत: इटहरीमा पछिल्ला दिनहरुमा यस्ता प्रकृतिका आपराधिक घटनाहरु बढेको छ । घटनाहरुका प्रकृतिले घरभित्रै आफ्ना नजिकका मानिस संगपनी शसंकित हुनुपर्ने अबस्था सृजना भएको स्थानयिबासी बताउछन । सुन्दा घरायसी अपराधका घटना जस्तो लागेपनी यसले इटहरीबासीमा नकारात्मक प्रभाब परेको छ ।  गएको मंसीर १२ गते इटहरी प्रहरीबिट अगाडीबाटै मनि ट्रान्सफर सञ्चालकमाथि छुरा प्रहार गरी लुटपाट भयो , त्यस्तै माघ २८ गते साँझको समयमा इटहरी -४ मा डेरागरी बस्दै आएकी ३० वर्षीय सोनिका राई सँगै बस्दै आएका लाल बहादुर राईले छुरा प्रहार गरी हत्या गरे । सगैँ बस्दै आएका उनिहरुबिच घरायसी कुरामा विबाद हुँदा हत्या भएको प्रहरी अनुसन्धान पुष्टी भयो । पछिल्लो समय इटहरीमा हत्या हिंसा तथा अपराधका घटना बढेको यि प्रतिनिधी घटनाले पुष्टी गर्दछ तर प्रहरी त्यस्तो भयावह स्थिती नरहेको दाबि गर्छ ।

धरानबाट प्रकाशन हुने ब्लाष्ट टाईम्स दैनिकले "कुम्भको स्टलमा बिचौलियाको चलखेल" शिर्षकको समाचारलाई प्रमुख समाचारको रुपमा छापेको छ ।

प्रचिन हरिद्वार चतारधाममा चैत्र २३ गतेबाट आयोजना हुन लागीरहेको दोस्रो पिण्डेश्वर अर्धकुम्भमेलामा राखिने बजारका स्टलहरुमा विचौलियाले मनोमानि ढंगमा बिक्री गरीरहेको ब्यापारीहरुले गुनासो गरेका छन् । आयोजक समितिले ५ देखि ७ हजार ५ सय सम्म भाडा तोकेको स्टलहरु ६ गुणा बढी सम्ममा बिक्रि भईरहेको ब्यापारीहरु बताउछन् । मेलामा ब्यापार गर्न तयार गरेका एक होटल ब्यावसायीले ३० हजारमा स्टल लिएको बताए । मोलाकालागी एकैजनाले धेरै स्टल लिएर अरुलाई ६ गुणा सम्म बढी रकम लिएर बिक्रि हुने गरेको एक ब्यापारीले बताए ।

इटहरीबाट प्रकाशन हुने पुर्बि बजार दैनिकले "इटहरीका निज स्कुलको शुल्क अझै तोकिएन"  शिर्षकको समाचारलाई प्रमुख समाचारको रुपमा छापेको छ ।
इटहरीका विभिन्न निजी स्कुलको शुल्कमा एकरुपता ल्याउन ईटहरी उपमहानगरले अझै सकेको छैन । निजी देखि सामुदायिक स्कुललाई सञ्चालन गर्ने देखि अनुगमन अनि नियमनको अधिकार पाएको इटहरी स्थित स्थानिय सरकारले शैक्षिक सत्र शुरु हुनै लाग्दापनी शुल्क तोक्न सकेको छैन । स्थानिय सरकारले गत माघ २ गते सबै निजी विद्यालयहरुलाई शुल्क प्रस्ताब मागेको थियो । अधिकांस स्कुलका शुल्क प्रस्ताब पनी आएका छन् । तर केहि हप्ता अगाडि बसेको शिक्षा समितिको बैठकले शुल्क निर्धारण गर्न सकेन । इटहरीका निजि विद्यालयहरुमा मासिक तथा भर्ना शुल्कका एकरुपता छैन । विद्यालय पिच्छे फरक फरक छ । स्थानिय सरकार इटहरीका विद्यालयलाई क,ख, ग र घ श्रेणिमा बर्गीकरण गरेको छ तर एउटै श्रेणिका विद्यालयको शुल्क पनी फरक फरक देखिएको छ ।