इटहरी: सरकारी विद्यालयमा सुधारका प्रयास गर्ने हो भने विद्यार्थीहरुलाई आकर्षित गर्नसक्छ भन्ने उदाहरण बनेको छ, इटहरीकै पुरानो विद्यालय जनता नमुना मा.वि. ।

जनता माविले आगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने भएको छ । अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने भएपछि अहिले यो विद्यालयमा विद्यार्थीहरु आकर्षित हुन थालेका छन् । विद्यालयले कक्षा ४ देखि ९ सम्म अंग्रेजी माध्यमबाट छुटटै कक्षा संचालनको तयारी गरेको छ । विद्यालयले एउटा कक्षामा ४० जनाका दरले २ सय ४० जना विद्यार्थी भर्ना लिने जनाएको छ । तर, अहिले विद्यालयमा ९ सय ६ जना विद्यार्थीले फारम भरिसकेका छन् ।

फारम भर्नेमा ९५ प्रतिशत भन्दा बढी विद्यार्थीहरु नीजि विद्यालयका रहेका का विद्यार्थी रहेको जनताका सञ्चालक समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए । जनता माविको अग्रेजी ब्लकमा २ सय ८ जनाले, जनता माविको अग्रेजी ब्लकमा ३ सय १५ जनाले र कचना स्कुलमा ३ सय ८३ जना विद्यार्थीले भोली शनिबार प्रवेश परीक्षा दिदै छन् । विद्यार्थीहरुको आकर्षणले आफूहरु उत्साहित वनेको संचालक समिति अध्यक्ष दंगालले वताए । अंग्रेजी माध्यमबाट पठनपाठनका लागि तयारी तीब्र गरिएको उनले जानकारी दिए ।

विद्यालयमा सबै कक्षा कोठाहरुमा स्क्रिन टचसहितको स्मार्ट बोर्ड र प्रोजेक्टर जडान गरिसकिएको छ । ४९ वटा कम्प्यूटर सहितको ल्याव तयार गरिदै छ । पठन पाठनका लागि कम्प्यूटर इन्जिनियर सहित स्नातकोत्तर उर्तिण शिक्षकहरु छनौट भइसकेका छन् । यातायातको लागि बस खरीद गरिएका पनि विद्यालयले जनाएको छ । नेपाली माध्यमको स्कुलमा समेत यो बर्षदेखि अग्रेजी ल्याव स्थापना गरिने भएको छ । विद्यार्थीहरुलाई वुझन सजिलो होस भन्नका प्रयोगात्मक ढंगले अध्यापन गराउन ल्याव स्थापना गर्न लागिएको हो । अध्यक्ष दंगालले भने, 'विद्यार्थीलाई अर्नाको विषयमा पढन पाठन गराउदा अर्नाको भिडियोनै देखाएर अध्यापन गराइन्छ '

जनता स्कुल नमूना विद्यालयका लागि छनौट भएको विद्यालय हो । जनता स्कुललाई नमूना विद्यालय वनाउन संघीय सरकारले ३९ करोड, इटहरी उपमहानगरले ८ लाख र प्रदेश सरकारवाट ६ लाख ५० हजार बजेट छुट्टिएको छ ।